रामजी प्रजापति,नवलपरासी

आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ६ मा पत्रकार,जनप्रतिनिधि,अभिभावक,सरोकारवाला र बालबालिकाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सरावल गाउँपालिका वडा नं ६ को आयोजना एवम् सहयोग ,वडा स्तरीय बाल क्लब संजाल सरावल ६ को सहकार्य तथा समृद्धि सामाजिक विकास संस्था सरावल ६ को सहजिकरणमा अन्तरक्रिया कार्यक्रम जन जागृति आधारभूत बिधालयमा सम्पन्न भएको हो ।

समृद्धि सामाजिक विकास संस्था सरावल ६ का अध्यक्ष सुरेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका वडा नं ६ का बडा अध्यक्ष कैलाश यादवको प्रमुख आतिथ्यता एवम् वडा नं ६ का वडा सदस्य बिन्दा देबि धोबीको विशिष्ट आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा नेकपा माओवादीका प्रतिनिधि पारस नाथ गुप्ता,राप्रपा का लक्ष्मी कान्त चाैधरी,जनमत पार्टीका जिल्ला सह-सचिव अशाेक कुमार चाैधरी,समाजसेवी काेहिनुर अन्सारी,वडा नं ६ का कार्यालय सहयाेगी रामजतन यादव,जन जागृति आधारभूत बिधालय पुसाेैलीका बिधालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद कुर्मी,शिक्षक एवम् दलित वर्ग शसक्तिकरण सरावल ६ का सचिव शिव रतन हरिजन,समृद्धि सामाजिक विकास संस्थाका उपाध्यक्ष पिङ्कला चाैधरी,काेषाध्यक्ष बिष्नु कुमारी चाैधरी लगायतको उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सल्लाहकार सदस्य अशाेक कुमार गाैतमले राख्नुभएको थियाे र कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएको थियाे ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय