
सिताराले भरिएको त्यो
चम्किलो आकाशमा
आयो उ हेर! मेरो राजकुमार
चडेर जादु भरिएको बग्गीमा।।
चम्किलो ताराले भरिएको
जगत सारा
हेर ती फूल हाँसेका
आयो उ हेर! मेरो राजकुमार
छर्न खुसी मेरो बाँझो मनमा।।
मुस्कानले भरिएका ती
म सितै वर्षिने झरीलाई हेर!
फूलको वर्षातका साथ
आयो उ हेर! मेरो राजकुमार
हाँसी हाँसी भव्य स्वागत गर।।
लुकी लुकी चिहाउने ती
चन्द्रमालाई त हेर!
मेरा लागि निकै खुसी छन्
आयो उ हेर! मेरो राजकुमार
एकान्तमा बसी रुने मलाई, मायाको आभास दिन।।
जमिनलाई हेर बत्तीले
झलमल्ल सजिएका
आखिरमा सजाउने मै थिएँ!
आयो उ हेर! मेरो राजकुमार
अन्धकार देखि डराउने मलाई
ज्योतीमा उजागर गर्न।।
ओराली झर्ने झरनालाई हेर
भरिला भई खसेका
आखिर मैसित सुक्ने डरमा थिए
आयो उ हेर! मेरो राजकुमार
मेरो असफलतामस पनि साथ दिन।।
अडिग उभिएका सेता हिमचुलीलाई हेर
हाँसेर गिज्याउँदै बसेका
आखिर मेरो दुख देखि हाँसो हराउने डरमा थिए
आयो उ हेर! मेरो राजकुमार
मेरो दुखित मनमा हाँसो छर्न।।
मैले नदेख्ने गरी खुसी भएका
देउतालाई त हेर! आशिष दिदैछन्
आखिर दोषिने डर न थियो
आयो उ हेर! मेरो राजकुमार
प्रेममा विश्वास नगर्ने मलाई विश्वास दिलाउन।।
एक्लै जून तारा को सुन्दरता केलाउने म
आज म सित बसी , मेरो सुन्दरता केलाउदै छ ऊ!
आयो उ हेर! मेरो राजकुमार
मलाई संसारकै भाग्यमानी तुल्याउन।।
अरु बेहुली स्वरुप सृगारिएका हेर्ने म
आज आफै देवी झैँ बेहुलीमा सृंगारिएकी छु!
कोमल औंलामा औठी र नयनमा हर्षका आँसु
आयो उ हेर! मेरो राजकुमार
रित्तो सिउदोमा संसारकै महंगो सौभाग्य भर्न।।
आयो उ हेर! मेरो राजकुमार
जीवनभरको बलियो साथ दिन!
रित्तो सिउदोमा महंगो सौभाग्य भर्न!!
✍️प्राप्ती भट्टराई