रामजी प्रजापति माघ 4 । पक्षिमि वायुको प्रभावसँगै नेपालमा केही दिन देखि देखा परिरहेको चिस्यान र हुस्सु ,कुहिरोको बाक्लो प्रभावले आम जीवन कष्टमय बन्दै आएको अवस्था रहेको पाइन्छ ।
जाडो छल्नका लागि यतिबेला सबैलाई हम्मे हम्मे परिरहेको छ भने स्थानिय जीवन कष्टमय बन्दै गएको अवस्थामा कतिपय मानिसहरूको ज्यान चिसोले गएको अवस्था रहेको पाइन्छ । चिसो सगै रुघा खोकी लगायत आम मानिसमा सामान्य ज्यवरोको लक्षण समेत देखिन थालेको छ ।
दिनभरिको चिसोले आम जीवन कष्टमय एकातिर भएको छ भने अर्कोतिर व्यापार व्यवसाय ठप्प रहेको पाइन्छ । बजार पसलमा कोरोना कारणले मानिसको उपस्थितिमा कमी आउनुको साथै प्राकृतिक विपतिको रूपमा देखा परेको चिस्यानको कारण यतिबेला मानिसलाई हातमुख जोड्न असहज भइरहेको अवस्थामा आम मानिसको स्वास्थ्य अवस्थाको ख्याल गर्दै सडक छेऊ छाउमा दाऊरामा आगो बालेर तत्काललाई बाँच्ने र बचाउने अभियान जारी रहेको पाइन्छ ।
चिसो बढेसँगै पक्षिम नवलपरासीका मुख्य सहर बजारका चौक चौराहामा यतिबेला दाउरा वितरणको अभियान अगाडि सारिएको छ ।
रामग्राम नगरपालिकाको पहलमा आज परासी लगायत बजारको मुख्य चौकहरुमा जाडो छल्न दाउरा वितरण गरिएको नगरपालिकाले जनाएको छ भने उक्त कार्यमा नगर प्रमुख ,स्थानिय ,युवा ,बुद्धिजीवी ,प्रहरी लगायतको सहभागिता रहेको बुझिएको छ । नगरपालिकाले सेवाग्राहीलाई मध्यनजर गर्दै सरकारी कार्यालयहरू लगायतका ठाउँ अगाडी दाउरा राखिदिएका छन् ।










