क्वालालम्पुर ,मलेसिया 

नेपाल तामाङ्ग घेदुङ मलेसिया शाखाले आउदो फेब्रुअरी २ तारिखका दिन वृहत् सांस्कृतिक कार्यक्रम गर्दै सोनाम ल्होछार मनाउने भएको छ। राजधानी क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न हुने उक्त कार्यक्रम बिहानको १० बजे देखि सुरु हुनेछ।
नेपाली राजदुतावास मलेसियाको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा विभिन्न संघ संस्था, व्यवसायी ,बुद्धिजीवी र पत्रकारहरुको उपस्थिति रहने छ।
विश्व भरि छरिएका तामाङ्ग एक हौं,हाम्रो भाषा घर्म र संस्कृतिको जगेर्ना गरौं”सोनाम ल्होछारको प्रवर्द्धन ,हाम्रो सांस्कृतिक एकताको मूल नारा ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनितीक एकताको मूल अभिभारा” नाराका साथ मनाउन लागिएको कार्यक्रममा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने छ।
स्थानीय गायक हरुमा तेन्जिङ लो तामाङ ,दिपक थीङ तामाङ, सोनम स्यासुर तामाङ, बुद्धिमान तामाङ ,दिनेश तामाङ को आवाजले कार्यक्रम संगितमय रहनेछ भने साइलि तामाङ (सन्जाना),सुमित स्याङ्तान तामाङ , प्रताब तामाङ पासाङ शेर्पा ,सन्ध्या राई ,युनिक योन्जान तामाङ, मनु तामाङ दिन पख्रीन र समिता मगरको बेजोड नृत्य रहने आयोजकले बताएको छ।
कोरेका भाईरसको महामारी बिच पनि सबै सावधानी अपनाउदै कार्यक्रम भव्य वनाउने संस्थाका सचिव मिलन तामाङले बताउनु भयो। कार्यक्रम संचालन भने सचिव मिलन तामाङ र महासचिव छेवाङ पाख्रिनले गर्नुहुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय