सुरेश यादव,नवलपरासी / पुस २४ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं ३ मा रहेकाे रामग्राम बचत तथा ऋण सहकारी संस्था लि.काे आज वार्षिक साधारणसभा लिटिल एञ्जेल्स माध्यमिक विधालयकाे स्मार्ट हलमा सम्पन्न भएकाे छ ।

रामग्राम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जनार्दन ठाकुरकाे अध्यक्षता तथा रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवरकाे प्रमुख आतिथ्यतामा वार्षिक साधारणसभा सम्पन्न भएकाे हाे । कार्यक्रममा आ.व २०७७/०७८ काे प्रगति प्रतिवेदन तथा चालू आ.व २०७८/०७९ काे लागि प्रस्तावित कार्यक्रम बारे संस्थाका सचिव माेहन पाैडेले प्रस्तुत गर्नुभएको थियोे भने आ.व २०७७/०७८ काे आर्थिक प्रतिवेदन संस्थाका काेषाध्यक्ष चन्द्रमणि चाैधरीले प्रस्तुत गर्नुभएको थियाे र लेखा परिक्षण प्रतिवेदन टंकराज पाण्डेयले प्रस्तुत गर्नुभएको थियाे ।

कार्यक्रममा उपभोक्ता हकहित सम्क्षरण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली,संस्थाका संस्थापक अध्यक्ष सुमन गाेपाल आचार्य,पुर्व अध्यक्ष मेघराज गाैतम लगाएतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियाे र कार्यक्रम सञ्चालन संविधान र संस्थाका सचिव माेहन पौडेलले गर्नुभएको थियाे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!