लेटाङ- बराह पूर्णिमाको अवसरमा प्रथम पालिका स्तरीय वारंगी खेलकुद युवा क्लब लेटाङ ७ को आयोजित भलिबल तथा फूटबल खेलको आइतबार फाइनल खेल नगर प्रमुख शंकर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

लेटाङको- ७ वारंगीको खेल मैदानमा भएको फूटबल तर्फको फाइनल खेलमा ३-२ काे अन्तरले त्रिवेणी क्लब धनकुटालाई पराजित गर्दै झरसाधि क्लब उर्लाबारीले उपाधि जितेको हाे। भलिबल तर्फ बेलबारी नगरपालिका लाई हराउदै षडानन्द नगरपालिकाले जित हासिल गरेको छ । फूटबल खेलमा बिजेतालाई नगद ४० हजार रुपियाँ र उप बिजेतालाई २५ हजार नगद प्रदान गरियाे भने भलिबल तर्फ बिजेतालाई नगद ७० हजार रुपियाँ र उप बिजेतालाई ४० हजार नगद प्रदान गरेको कार्यक्रमका अध्यक्ष गौतम लिम्बुले जानकारी दिए।

बिजेता र उप बिजेता टिमलाई विशिष्ट अतिथि लेटाङ नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले कप, पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा अतिथि लेटाङ नगरपालिका वडा न ७ का अध्यक्ष नगेन्द्र लिम्बू लगायत समाजसेवी बुद्दिजिबी तथा राजनीतिककर्मिहरुको उपस्थित रहेको थियोे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!