विनोद मण्डल मंसिर २ । सिरहाको गोलबजारमा जिल्ला कमिटी सिरहाको आयोजनामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा आज स्थानिय जनताहरु विभिन्न पार्टी संघठन परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सिरहाको गोलबजार नगरपालिकाको विभिन्न वाडाहरुबाट आएका अाम जनसमुदाय नेकपा एमालेमा प्रवेश गरेका थिए भने नव आगन्तुकलाई पार्टीका प्रदेश नं २ सह इन्चार्ज लीला नाथ श्रेष्ठले फूल माला लगाएर स्वागत गर्नु भएको छ ।

निपनीया गाउँबाट २८० महरा समुदाय ,१४ भट्ट समुदाय ,१० मण्डल समुदाय लगायत ४५६ जना मानिसहरू नेकपा माओवादी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको नेता रामप्रित रामले जानकारी गराउनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!