लेटाङ । आसन्न १४ औ महाधिबेसनमा मोरङ क्षेत्र नं। १ को सभापतिमा महासमिती सदस्य तथा नगरपालिकाका प्रमुख शंकर राईले आफ्नो उम्मेद्बारी घोषणा गरेका छन् । लेटाङका क्षेत्रीय प्रतिनिधीहरु सहितको भेलामा जिल्ला आफुले यसपटक भद्र सहमतिका आधारमा क्षेत्रीय सभापती आफुले चलाउने पालो भएकाले उम्मेद्बारी घोषणा गरेको बताए । उनले १३ औ महाधिबेसनमा भद्र सहमती गरि १४ औ महाधिबेसनमा आफुले क्षेत्रको नेतृत्व गर्ने भन्ने भएको र आम कांग्रेसको भावना समेत आफुले क्षेत्र चलाए हुने भन्ने भएकाले आफू नेतृत्व लिन अग्रसर भएको बताए । नेविसंघ , तरुणदल हुँदै कांग्रेसको राजनितीमा प्रबेश गरेका राईले पार्टिको थुप्रै जिम्मेवारी सम्हालिसकेका छन् । जिल्ला सदस्य , महाधिबेसन प्रतिनिधि तथा महासमिती सदस्यको जिम्मेवारी कुसलतापुर्वक समालिसकेका राई उक्त क्षेत्रमा निक्कै लोकप्रिय छन् ।

क्षेत्रीय सभापतिका उमेद्वार राईको अर्को चिनारी फुटबल हो। उनले नेतृत्व गरेर पुर्वान्चलमा थुप्रै फुटबलका खेल भएका छन । रास्ट्रीय खेलाडिको रुपमा समेत खेल खेलेका राईले फुटबल र राजनिती दुबै स्थानमा आफुलाई अब्बल साबित गरे । नगरप्रमुखको जिम्मेवारी प्राप्त गर्नु उीघि उहाँ रास्ट्रीय खेलकुद समितिको पुर्वान्चल उपाध्यक्ष भएर काम गरेका थिए ।
बुढाबुढिको साहारा , युवाहरुको मार्गदर्शक र आम जनताको कुशल नेतृत्वकर्ता भएर लेटाङ नगरपालिकालाई देश कै नमुना नगरपालिका बनाउन अहोरात्र लागिरहेका छन् । उनले हाल मोरङ क्षेत्र नं. १ लाई एक नम्बर पार्टि बनाउन र संगठनलाई चलायान , गतिशील बनाउन साथै यो क्षेत्रमा कांग्रेसको पकड बनाउन आफुले नेतृत्व गर्न चाहेको प्रष्ट पारे।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!