विनोद मण्डल कार्तिक २६ । सन्त रामपाल जी महाराज द्धारा लिखित अनमोल आध्यात्मिक पुस्तक जिउने मार्ग वितरण कार्यक्रम सिरहाको धनगढीमाई १२ मा सम्पन्न भएको छ । लहान नगरपालिकाको वडा नं २४ को मलहनमा सरस्वती टोलबाट सन्तहरु द्धारा वितरण थालिएको कार्यक्रममा यूवा ,बालक ,वृद्ध लगायतका टोलीले गाउँ घरमा निशुल्क पुस्तक वितरण गरेको छ ।
४ वेद १८ पुराणको सारांश भएको यस पुस्तकले मनुष्य जीवनलाई सफल र शान्ति बनाउन युवा पिढीले पढ्नै पर्ने तथा वर्तमानमा मानिसहरू दुःखी भएको उनीहरूका जीवनमा अनेकन समस्याहरू देखिएको छ । त्यस्ता समस्याबाट कसरी मुक्ति पाउन सकिन्छ ? अाम मानिसमा रहेको तनावबाट कसरी मुक्ति पाउन सकिन्छ ? दुखी जीवनलाई कसरी खुसी बनाउन सकिन्छ ? आत्म र मनलाई कसरी शान्ति दिने ? हामी कसरी रोगबाट बाँच्न सक्छौं ? लगायतका व्यावहारिक जीवनका उपयोगी प्रसस्त मार्ग भएको पुस्तक वितरणले समाजमा अमन चयन प्राप्तिको मार्गहरू दिने भएकोले यसलाई उत्तम पुस्तकको रूपमा मानिन्छ ।










