लहान।कार्तिक-१८ गते। स्वच्छ बलान बिहुल सुन्दर बलान बिहुल भन्दै हिजो कार्तिक १७ बुधवार दिउँसो ३:३० बजे शुभ दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै “अप्पन बेल्ही युवा क्लब सप्तरी” द्वारा आयोजित सरसफाई कार्यक्रम भव्यताका साथ सु-सम्पन्न गरेको छ।
सो सरसफाइ कार्यक्रममा सहयोग तथा सहभागी भएको बलान बिहुल गाउँपालिका वडा नं.-४ का वडा अध्यक्ष र वडा कर्मचारी, वियोपी क्याम्प बेल्ही, प्रहरी चौकी बेल्ही लगायत सम्पूर्ण गाउँबासीलाई अप्पन बेल्ही युवा क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिइएका थियोे ।
“शिक्षित समाज_भ्रष्टाचारको एक मात्र उपचार” भनेर समाज परिवर्तनका आधार मानेका छन।
बलान बिहूल गाउँपालिका -४ मा बुधबार अप्पन बेल्ही युवा क्लब सप्तरी द्वारा सरसफाई कार्यक्रम सम्पन्न भएसँगै हिन्दूहरुको महान चाड पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा यो कार्यक्रम शसस्त्र प्रहरी बल बेल्ही, प्रहरी चौकी बेल्ही, वडा कार्यालय बेल्ही तथा अप्पन बेल्ही युवा क्लबको संयुक्त साथ सहयोगमा यो कार्यक्रम सम्पन्न गरेका छन।
कार्यक्रममा अप्पन बेल्ही युवा क्लबका सचिब श्री बिजय यादब र कोषाध्यक्ष श्री कुमर झा ज्युले हामी यस्ता जनचेतनामूलक कार्यक्रमहरुलाई लगातार गरिरहेका छौ र यसलाई निरन्तरता दिनेछौ भनेर कोषाध्यक्ष झाले बताउनुभएको छ। त्यसैगरी अप्पन बेल्ही युवा क्लबका अध्यक्ष रोशन कुमार यादवले ‘स्वास्थय जीवनको सबभन्दा अमूल्य धन हो’ भन्दै यसलाई जसरी पनि एउटा सिस्टम बनाएर स्वच्छ, सुन्दर तथा स्वस्थ बलान बिहूल निर्माणमा हामी सबै हाथोमाली गरी अगाडी बढ़नेछौ भनेर जानकारी दिनुभएको छ।










