विनोद मण्डल कार्तिक १२ । सिरहाको साविक गाउँविकास समिति बिष्णुपुरकट्टी ९ तथा हाल धनगढीमाई १२ मा रहेको श्री हिमालय आधारभूत विद्यालयमा आज बिहान ९.१५ बजे वडा अध्यक्ष राजु श्रेष्ठले उद्दघाटन गरी साइकल वितरण गरिएको हो ।

प्रदेश नं २ बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत कक्षा ८, मा अध्ययनरत महिला विद्यार्थीलाई २२ थान साइकल वितरण गरिएको राष्ट्रिय यूवा संघ सिराहा जिल्ला कमिटी उपाध्यक्ष जय प्रकाश शर्माले जानकारी दिनुभयो ।

विद्यालय परिसरमा आज बिहान आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष राजु श्रेष्ठ विशिष्ट अथिती कानुन अधिकृत सुरेन्द्र महतो अथितिहरू देवराज हमाल ,जगरुप महतो लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता प्रसादी महतोले गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैलाई स्वागत शिक्षक दिनेस्वर महतोले गर्नुभएको थियो कार्यक्रमबाट समाजमा सकारात्मक सन्देश पुगेको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय