बुधराज लिम्बू , इलाम माइ- नेकपा एमालेको प्रथम इलाम माई नगरपालिकाको अधिवेशनबाट अध्यक्षमा खम्बसिंह लिम्बू निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी मुखराज आङदाम्बेलाइ हराउँदै बिजय सुनिश्चित गरेका हुन।

लिम्बूले १७४ मत ल्याएर विजय भएका छन, भने आङ्दाम्बेले १२९ मत मात्र ल्याए । यस्तै उपाध्यक्षमा नरेन्द्रबहादुर खड्का १८६ मत ल्याएर विजयी हुदा उनका प्रतिद्वन्द्वी राधाकृष्ण अधिकारीले १०१ मत मात्र ल्याएर पराजित भएका छन ।

सचिवमा हेमबहादुर लायाे मगरले १३४ मतले विजयी बन्दा अन्य उम्मेदवार दुर्गाबहादुर विश्वकर्माकाे २८३ र मन बहादुर लिम्बु देवान ९६, ज्ञान बहादुर कटुबाल -३९ मत ल्याएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय