क्वालालम्पुर- मलेसियाली मानव अधिकार आयोगको एक समुहले नेपाली राजदूतावासको एक तथ्यांक अध्यन गर्दा पछिल्लो ४ बर्षमा अघिल्लो मृत्युदरको तुलनामा वृद्धि भएको जनाएको छ। जस मध्ये मलेशियामा नेपाली कामदारको मृत्यु हुने संख्यामा बृद्धि भएको दाबी गरेको छ।

मानव अधिकारबादी सस्था सुहाकामका आयुक्त जेराल्ड जोसेफका अनुसार आयोगले सन् २०१८ देखि २०२१ को जुलाईसम्म मलेसियामा १ हजार १ सय ५८ नेपालीको मृत्यु भएको नेपाली दूतावासबाट जानकारी प्राप्त भएको जनाएको छ ।

मृत्युहुनुको मुख्य कारणहरु मध्ये आत्महत्या, काम गर्ने स्थानमा दुर्घटना, सडक दुर्घटना, निमोनिया, कोविड १९,हृदयघात र अन्य रोगहरु रहेका छन।

श्रम तथा रोजगार विभाग, सुरक्षा तथा स्वास्थ्य विभागले पनि यस विषयमा छानबिन गर्न सक्ने बताएको छ। मृत्युको कारण र जिम्मेवार के हो?जान्न चाहन्छौँ,’ सुहकामले आयोजना गरेको पत्रकार सम्मेलनमा भने ।

मलेशिया स्थित नेपालिहरुको उच्च मृत्यु बारे जेराल्डले उक्त विषयमा नेपाली राजदूतावासका कर्मचारी र सम्बन्धित निकायसँग थप जानकारी लिनको लागि अनुगमन गर्ने समाचार स्थानीय संचार माध्यम क्युआरन्युज डटकमले लेखेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!