क्वालालम्पुर- मलेशियामा अवैधानिक हैसियतमा बसेका आप्रवासी कामदारलाई मलेसिया सरकारले दिएको “आम माफी” स्वदेश फिर्ती कार्यक्रमको समयवधी सकिनै लागेको छ।

विभिन्न कारणबस मलेसिया रहेर अवैधानिक बन्न पुगेका आप्रवासी कामदारहरु लाई मलेशिया सरकारले दिएको आममाफी कार्यक्रम मार्फत स्वदेश फर्क वा पुन: बैधानिक बनेर काम गर्न दिएको कार्यक्रम (रीक्यालिब्रेसन पुलाङ) को समयवधी आगामी डिसेम्बर -३१ तारिक सकिदै छ।

गत जनुवरी बाट जुन-३१ सम्म पहिलो चरणको आम माफी कार्यक्रम घोषणा गरेको थियो। कोभिड-१९ को तेस्रो भेरियन्टले असर गरे सङै उक्त समय अवधीभर आप्रवासीहरुले सो कार्यक्रमबाट लाभ लिन सकेनन।त्यस्तै दोस्रो पटक उक्त कार्यक्रमको समय अवधी २०२१ को जुलाई देखि डीसेम्बर-३१ सम्म थप गरेको हो।

के हो रिक्यालिब्रेसन कार्यक्रम?
अवैधानिक तबरमा मलेसिया बसेर विभिन्न औद्योगिक क्षेत्रमा काम गरीरहेका आप्रवासी कामदारहरूको लागि बैधानिक बन्ने अवसर हो।भने बैधानिक कार्यक्रममा सामेल हुन नचाहने आप्रवासी कामदारहरुले मलेसियन सरकारले तोकेको दस्तुर आर.एम-५०० जरिवाना तिरेर स्वदेश फर्किन पाउने अवसर लाई रीक्यालिब्रेसन भनिएको छ।

उक्त कार्यक्रम मार्फत मलेसियामा अवैधानिक रहेर काम गरीरहेका नेपाल,बाङ्लादेश,भियतनाम,म्यानमार,पाकिस्तान, भारत लगायतका नागरिकहरुले लाभ लिन सक्ने छन।

कम्पनी बन्द भएर अथवा आफु आएको कम्पनी छाडेर अवैधानिक भइ मलेसियामा काम गरीरहेका आप्रवासीहरुको सहजीकरणका लागि यस्तो कार्यक्रम ल्याईएको हो। मलेसिया बस्ने त तर सरकार लाई लेबि नतिरी काम गर्ने बिदेशी कामदारहरु लाई करको दायरामा ल्याउने सरकारको योजना हो।

मलेशियामा अवैधानिक रुपमा बसोबास गर्ने आप्रवासीहरुका लागि मलेशिया सरकारले सन २०१२ यता पटकपटक यस्ता कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ।भने यो अवसर बाट धेरैले लाभ लिएको पाईन्छ।

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!