सरकारले बाँके घटनाबारे छानबिन गर्न समिति बनाएको छ।
गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता घटनाबारे उक्त समितिले छानबिन गरी सत्यतथ्य पत्ता लगाउने जनाइएको छ।
धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे महिला अधिकारकर्मीहरूले न्याय माग गरिरहेका छन्।
सरकार र रूबी खानबीच छानबिन समिति बनाउनेलगायत सहमति भएको छ। खान विगत १२ दिनदेखि अनसनरत छिन्। उनी त्रिवि शिक्षण अस्पतालमा छिन्।
सहमतिसँगै उनले अनसन तोड्ने भएकी छन्। सरकारले बनाएको उक्त समितिले एक साताभित्र छानबिनको प्रतिवेदन दिने जनाइएको छ।
आजै माइतीघर मण्डलमा खानले अनसन तोड्ने तयारी छ। धोबीको मृत्यु र कुर्मी बेपत्ताबारे सत्यतथ्य पत्ता लगाउन र न्याय दिलाउन माग गर्दै १४ जना महिला २० दिन हिँडेर बाँकेबाट काठमाडौं आएका थिए भनि सेतोपाटि मा लखिएको छ ।
उनीहरूलाई प्रहरीले धर्नाबाट हटाएपछि खान अनसन बसेकी थिइन्।