
क्वालालम्पुर /मलेसिया
थामी भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन तथा प्रवासमा रहेका थामी समुदायबीच सहकार्य, आपसी एकता र भाइचारा मजबुत पार्ने अनि थामी पहिचान र भावी पुस्ताको नेतृत्व विकासमा योगदान पुर्याउने उदेश्य लिएर “हाम्रो थामी समुदाय हाम्रो गौरव हामी थामी एक हौं, बलियो हौं, संगठित हौं” को नारा लिएर नेपाल थामी समाज मलेशियाले प्रथम ऐतिहासिक प्रवास भेला – २०८२ कार्यक्रमको तयारी गर्दैछ।
एन्आरएएनए मलेसिया जोहोरबारुको सभा हलमा आउदो जुन २५ तारिखका दिन दिउँसो १२ बजे बाट सञ्चालन हुने उक्त कार्यक्रममा सम्पूर्ण मलेसियाबासी थामी (थाङ्मी) दाजुभाइ तथा दिदीबहिनीहरू तथा गैर प्रवासी नेपालीहरुमा नेपाल थामी समाज मलेशिया को तर्फबाट यो ऐतिहासिक भेलामा उपस्थित भई कार्यक्रमको शोभा बढाउन आह्वान गरेको छ।