
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ‘समाजवादी’ नामक पार्टीको मुखपत्र प्रकाशन गर्ने भएको छ । त्यसैगरी सो पार्टीले ‘कलम’ नामको बुलेटिन पनि प्रकाशन गर्ने भएको जानकारी दिइएको छ । समाजवादको दार्शनिक चिन्तन पार्टीको वैचारिक दृष्टिकोण, विज्ञका लेख तथा रचनालगायत विषयवस्तु समावेश गरी त्रैमासिकरुपमा मुखपत्र प्रकाशनका लागि तयारी भइरहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
यही कात्तिकभित्र बुलेटिन प्रकाशन गर्ने गरी गृहकार्य भइरहेको छ । सत्यतथ्य सूचनामा आधारित बुलेटिनमा पार्टीका विभिन्न वर्गीय सङ्गठनका स्थानीय तह, प्रदेश तथा सङ्घीय गतिविधिलाई समेटिने बताइएको छ ।