काठमाडौं- साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (शनिबार) नेपाल र भारत भिड्दै छन्। फाइनल खेल मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो। नेपालले भने दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। साफ इतिहासमै नेपाल पहिलो पटक फाइनल पुगेको हो।

नेपालले यस अघि सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रँदै छ। साफमा भारत सबैभन्दा सफल टिम हो। हालसम्म ७ पटक उपाधि जितिसकेको भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ।

भारतविरुद्ध गोर्खाली शैलीमा खेलेर जित निकाल्ने नेपाली टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङको भनाइ छ। ‘हाम्रो लागि ठूलो दिन हो । हाम्रो सबै थोक हो । हामी जितका लागि सबैथोक दिनेछौं। हामी गोर्खाली जसरी खेल्नेछौं,’ कप्तान किरणले भने।

जारी साफ अन्तर्गत लिग चरणमा भारतले नेपाललाई १-० ले हराएको थियो।भारतविरुद्ध नेपालले हालसम्म २२ खेल खेलेको छ। नेपालविरुद्ध भारतले १५ खेल जितेको छ। नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय