रोजगारीका लागि  ७ बर्ष अघि मलेसिया गएका सिन्धुपाल्चोकका दिनेश ठकुरीको मलेसियामा मृत भेटिएको खबर सार्बजानिक भएपछी उनको मृत्यु प्रकरण प्रति धेरैको शंका छ। बुवाआमालाई अति माया गर्ने उनि मलेसिया आएदेखि निरन्तर आमाबुवालाई फोन गरिरहन्थे । तलब थापेपछि मासिक रुपमा घर खर्च पठाई रहन्थे । ७ बर्ष  सम्म छुट्टीमा नगएका  दिनेशले परिवारको जिम्मेवारी प्रती केही पनि खोट लगाएका थिएनन् ।

दिनेशका दाजु दिपक ठकुरी आफ्नो परिवार सहित काठमाडौमा बस्थे । दाजुलाई पटक–पटक बुवा आमासँगै घर गएर बस्न सुझाइरहने दिनेशले आफ्नो दाईलाई भिडियो कल गरेर उनीहरु बिच लामो कुराकानी भएको त्यो दिन उनको अन्तिम बन्न पुग्यो ।

काठमाडौंमा जग्गा किनेर घर बनाउने अनि बुवाआमालाई ल्याएर राख्नेसम्मका कुरा दाजु भाइ बीच  भए । दाजुभाईले सुखदुःख साटे, दिनेशले मलेसियाको कम्पनीमा लफडा परिरहेको कुरो पनी  दाजुलाई सुनाएका थिए । एकदिन रातको समयमा दिनेशले आफ्नो दाजुलाई भ्वाइस म्यासेज पठाए । राति भएकाले दाजुले फोन हेरेनन् ।

दिनेशले धेरै वटा भ्वाइस म्यासेज दाजुलाई पठाएका रहे छन् । दाजु दिपकले भोलिपल्ट बिहान मात्र म्यासेज हेरेपछी आफ्नो भाईलाई फोन गरे, घण्टी गयो फोन उठेन । फोन गर्दा–गर्दा सायद ब्याट्री सकियो, मोवाइल अफ भयो । त्यसपछि दिनेशको फोन कहिल्यै लागेन ।

दाई सायद भोलि रहन्छुकी रहदिन, यदि मरेँ भने बुवाआमालाई नसुनाउनु है, मैले बुवाआमालाई केही गर्न सकिन, दाई तैले नै बुवाआमालाई हेर्नु हैदिनेशले आफ्नो दाजुलाई रुदै अनि भक्कानिदै यस्तो भ्वाइस म्यासेज छोडेका रहेछन् दाई दिपकको होस हवास उड्यो दिनेशले मलेसियामा एकजना केटी केटासँग गडा परेकाले उनीहरुले भोलि मार्न सक्नेसमेत उल्लेख गरेका छन् दिनेशले भनेका छन्–‘यदि रेर गएभने एक मलेसियन इन्डियनलाई खोज्नु, उसँग फाइट गर्दै छु, यदि भोलि केहि गरी रे भने यो मान्छेको नाम लिएर हिड्नु यो मान्छेसँग मेरो पुरै डाँई भईसक्यो भोलि बाँच्छु या र्छु भन्ने थाहा छैन

यस्तो म्यासेज देखेपछि दिनेशलाई कसैले मा’र्न सक्ने भन्दै दाईले खोजी गर्न थाले । चिनेजाने जतिलाई फोन गरे । एक दिनपछि मलेसियाबाट खबर आयो दिनेशले आफ्नै कोठामा आ’त्मह’त्या गरे भनेर । केही महिना अगाडिदेखि फरक स्वभाव देखाउन थालेका दिनेशलाई कम्पनीले नयाँ ठाउँमा सारेको थियो । एक जना स्थानीय केटीसँग प्रेमसम्बन्धमा परेपछि दिनेशको स्वभाव एकाएक परिवर्तन हुन थालेको सोही कम्पनीमा कार्यरत नेपालीहरुले भनेको दाजु दिपकको भनाई छ ।

‘एकछिन अगाडि फोन गर्दा राम्रो बोलेको अनि छिट्टै घर आउँछु भनेको मेरो भाई आफै मरेको होइन पक्कै मा’रिएको हुनुपर्छ’ दाई दिपकले रोजगार मञ्चलाई भने –‘परिवारको त्यति धेरै चि’न्ता र माया गर्ने भाई आफै म’र्न नै सक्दैन ।’ मलेसियाको कामपुङ बारु सुवाङमा रहेको इपीस्टार एसडिनबिएचडी कम्पनीमा ७ बर्षदेखि कार्यरत दिनेश सबैसँग परिचित थिए । कम्पनीमा कार्यरत सबैसँग घुलमिल हुने दिनेश सन् २०१९ मा बेष्ट इम्प्लोइका रुपमा कम्पनीबाट पुरस्कृत पनि भएका थिए । ७ बर्षदेखि नेपाल नफर्किएको हुँदा उनको श्रम स्वीकृतिको अवधी भने सकिएको थियो ।

आफ्नो भाईको नराम्रो खवर पाउने वित्तिकै दिपकले नेपाली दूतावास मलेसियामा जानकारी गराए र सत्यतथ्य जानकारी बुझिदिन आग्रह गरे । दूतावासले बल्ल जानकारी पाएपछि कम्पनी तथा प्रहरीसँग सोधीखोजी गर्न थाल्यो । दूतावासका श्रम काउन्सेलर दिपक ढकालले दिनेशको घ’टनाका बारेमा जानकारी दिए । ‘दिनेशको स्वभाव केही दिनदेखि फरक रहेछ, कहिले आफ्नै हात का’ट्ने त कहिले आफ्नो प्रेमसम्बन्धका बारेमा बहकिने रहेछ’ श्रम काउन्सेलर ढकालले भने–‘प्रहरीले कोठाभित्र झु’ण्डि’एको अवस्थामा दिनेशलाई भेटेको रहेछ ।’

‘कम्पनी थप कागजपत्रसहित दूतावासमा आउँदा अन्य जानकारी पाइने भएता पनि आ’त्मह’त्या नै गरेको कम्पनी र प्रहरीको भनाई छ’ ढकालले भने । यता दिनेशका दाई अझै भाईले आ’त्मह’त्या गरेको मान्न तयार छैनन् । उनले गाउँमा रहेका आफ्ना बुवाआमालाई भाईको मृ’त्युको खवरसम्म सुनाएका छैनन् । ‘अव श’व आएपछि एकै पटक बुवाआमालाई थाहा दिनुपर्ला, अहिलेसम्म कसैले सुनाउन सकेका छैनौ, आखिर सुनाउनु पर्छ’ दाजु दिपकले भने ।

दिनेशले ७ बर्षमा कति पैसा कमाए अनि कति पैसा कसलाई नेपाल पठाए भन्ने परिवारमा कसैलाई थाहा छैन । ‘कसलाई पैसा पठाउँथ्यो वा पठाएकै छैन केही थाहा छैन’ दाई दिपक भन्छन् । विवाह गरेर मलेसिया उडेका दिनेशका श्रीमती उनी विदेश गएपछि घर छाडेर हिडिसकेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय