काठमाडौं, असोज २५ – मोरङको धनपालथान गाउँपालिका कर्सियामा भारतीय लुटेरा समूहले बैंक लुट्ने प्रयास गरेको छ । तर असफल भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

गोली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्ने क्रममा प्रहरीले पनि गोली चलाएको छ । पक्राउ परेकामध्ये एक जनाको तीघ्रामा गोली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले बतायो । पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!