काठमाडौं। हाँस्यकलाकार मनोज गजुरेलले लगनगाँठो कसेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विहे गरेका हुन्। सोमबार बिहान भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा मनोज र मञ्जुले विहे गरेका हुन्।
परिवारको उपस्थितीमा उनीहरुले विहे कार्यक्रम सम्पन्न गरेका थिए । मनोज र पूर्वपत्नी मीनाबीच चारवर्षअघि कानूनीरुपमै सम्बन्ध विच्छेद भएको थियो। फेसबुकमार्फत उनले आफ्नो विहेका तस्विर र वक्तव्य समेत सार्वजनिक गरेका छन्।
उनले आफ्नो व्यक्तिगत र पारिवारिक कुरालाई लिएर कुनै टिका टिप्पणी नगरिदिन समेत वक्तव्यमार्फत आग्रह गरेका छन्।