सल्यानमा नेकपा एमाले परित्याग गरी दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका – १० रजैइ खोलामा नेकपा माओवादी केन्द्रले भेलामा सम्पन्न गरेको छ । उत्त भेलाबाट दर्जनौं एमालेका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नवम्बर दशको वडा स्तरीय भेला आयोजना गरिएको थियो । उक्त भेलाबाट एमालेका थुप्रै नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।

भेलाले वडा कमिटी गठनसँगै टोल कमिटी पनि गठन गरेको छ । जिल्ला तहका नेताको उपस्थितिमा एमाले पार्टी सदस्य नरवहादुर पुन, डोटे कामी, लक्ष्मण पुन, अमर पुन, विरवहादुर कवंर, अमर परियार, हर्क पुन, डिला पुन, मैकली पुन, धनसरी वलि, चुइसा दमाई, देववहादुर थापा लगायतको टोली माओवादी केन्द्रमा प्रवेश गरेका हून् ।

वडा कमिटी अध्यक्ष विरवहादुर वुढाको अध्यक्षतामा भएको उक्त भेलामा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्णवहादुर वुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर अध्यक्ष कृतिबहादुर राना, जिल्ला कमिटी सदस्य दिपक यरी, विरवहादुर वुढा र दुर्गा वुढाथोकीले आफ्नो धारणा राखेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!