असोज २३ , काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउँदै आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक नरहेको बताए ।
उनले सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था भएको स्पष्ट पारे । ‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ उनले भने, ‘यो नयाँ कुरा होइन ।’