लहान।असोज,२३ गते- सिरहाको साविक गाउँ विकास समिति गोविन्दपुर-४ हाल लहान नगरपालिका १६ श्री जनता आधारभूत विद्यालय बर्दमारमा एकदिने आँखा शिविर हिजो शुक्रबार सम्पन्न भएको छ।

स्वर्गीय संगिता कर्माचार्य स्मृति प्रतिष्ठान लहान – ७ को आयोजना र सगरमाथा चौधरी आँखा अस्पतालको संयुक्तको समन्वयमा सो शिविर आयोजित रहेका थिए।
समाजसेवी तथा नेपाली काङ्ग्रेसका युवा होनहार नेता महेश चौधरीले हरेक महिनाको २२ गते गरिदै आएको विभिन्न कार्यक्रमहरु मार्फत समाजसेवा जुन सराहनीय , प्रसंसनिय पनि छ।

समाजसेवी तथा मस जोडीको नामबाट प्रसिद्ध महेश चौधरी र स्वर्गीय संगिता कर्माचार्यलाई समाजमा चिनिन्छ।

कार्यक्रममा लहान १६ का वडा अध्यक्ष गरुड बहादुर जर्घामगर र सगरमाथा चौधरी आँखा अस्पतालका डा. क्याम्प सुपरभाइजर राकेश कुमार यादवको विशेष अतिथ्व रहेका थियोे ।

यो सँगै सो शिविर कार्यक्रममा विशेष व्यक्तित्वहरु ज्येष्ठ नागरिक , बालबालिका , युवा लगायतको उल्लेखनीय सहभागिता रहेका थियोे ।
शिविरमा उपस्थित भएकालाई आँखाको औषधी , चश्मा नि:शुल्क वितरण गरिएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!