विनोद मण्डल असोज २०- सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकट्टी ४ तथा हाल धनगढीमाई १३ को दुर्गा मन्दिर परिसरको दक्षिण र डाबर पोखरीको ठीक उत्तरमा अवस्थित खुल्ला चौरमा ” स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद ” भन्ने नाराका साथ आज असोज २० गतेदेखि फुटवल टुर्नामेन्ट प्रतियोगिता उद्दघाटन गरिएको छ ।

असोज २७ गतेसम्म सञ्चालन हुने भनिएको खेलमा प्रदेश १, २ र बागमती अञ्चल लगायतका फुटबल टिमहरू सहभागी हुने भएका छन ।

आजै दिउँसदेखि शुरू गरिएको फुटबल खेल प्रतियोगिताको उद्दघाटन धनगढी माई नगरपालिकाका मेयर हरिनारायण चौधरीले गर्नु भएको छ ।
प्रत्येक दिनको खेलमा म्यान अफ दि म्याच घोषित हुने खेलाडीलाई नगद १ हजार सहित शिल्ड प्रदान गरिने वडा अध्यक्ष सूर्यमान तामाङले बताउनु भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद शिल्ड ,मेडल र प्रमाणपत्र तथा दितिय हुनेलाई ३० हजार लगायतका पुरस्कार दिने आयोजक समितिले जनाएको छ ।

खेलमा रामधुनी यूवा क्लव सुनसरी ,दुधौली स्पोर्ट्स क्लब सिन्धुली ,लक्ष्मी यूवा क्लव धनगढीमाई १३ सिराहा , त्रियुगा यूवा क्लव फत्तेपुर सप्तरी , गोदार फुटवल क्लव धनुषा , श्री शेरगण चोहरबा , गाईघाट फुटबल क्लब उदयपुर लगायतका टिम सहभागी भई खेलिने खेल वडा दशैंको अवसर पारेर खेल्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय