काठमाडौं नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्री र राज्यमन्त्रीको टुंगो लगाएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले सांसदहरू देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुको नाम प्रस्ताव गरेका थिए भने नेता नारायणकाजी श्रेष्ठले उक्त प्रस्तावको समर्थन गरेका थिए ।
माओवादीले मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएपनि मन्त्रालयहरु भने टुंगो लगाइनसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रबाट यस अघि नै जनार्दन शर्माले अर्थ र पम्फा भुसालले ऊर्जा मन्त्रालय मन्त्रालय पाइसकेको छ भने अब शिक्षा, श्रम र भूमिसुधार मन्त्रालय पाउने सम्भावना छ ।
मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।