१९ असोज, काठमाडौं – सत्तारुढ गठबन्धन दल माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल उर्जा र अर्थ मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले जानकारी दिए ।

‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’

माओवादी पाउने चार मन्त्रालयमा देवेन्द्र पौडेल, अञ्जना बिसंखे र महेश्वर गहतराजको नाम चर्चामा छ । बाँकी एउटा मन्त्रालयमा प्रदेश १ बाट सुरेशकुमार राई, सुदन किराती, शिवकुमार मण्डल र अमनलाल मोदीमध्ये एकजना पर्न सक्ने वा यी नाम बाहेक सिन्धुलीबाट हरिबोल गजुरेल पनि पर्न सक्ने स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय