विनोद मण्डल, असोज १९ ,गोलबजार :- सरकारी टाँचा लागेको सखुवाको गोलिया काठ चोरीमा संलग्न रहेको गोलबजार नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष रामपुकार कामतीलाई नागरिक समाज गोलबजारले कडा कारबाहीको माँग गरेका छन् ।

गोलबजार नगरपालिका ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवा काठको घाटगद्दी गरिएकोबाट टाँचा नम्बर ३४÷१ को सखुवा काठ चोरीमा वडा अध्यक्ष कामती कैै संलग्नता रहेको भन्दै वडा अध्यक्ष कामतीलाई हिरासतमा लिई अनुसन्धानको माँग गरेका छन् ।

नागरिक समाज गोलबजारले सोमबार पत्रकार सम्मेलन गरी करोडौ रुपैयाँभन्दा बढीको सखुवा काठलाई घाटगद्दी गरिएकोमा हाल १० लाख बराबरको पनि काठ नरहेको र असोज ११ गते राती गोलबजार नपाको जेसीबी प्रयोग गरी सखुवाको गोलिया चोरी वडा अध्यक्ष कामती कैै निर्देशनमा भएकोले वन ऐन अनुसार कारबाहीकोे माँग गरे ।

असोज ११ गते राती ९ बजे गोलबजार नगरपालिकाको ना.१.ग. ७०६ नम्बरको जेसीबीमा चालक श्रवण कुमार साहले सखुवा काठ लोड गरी ल्याउँदै गरेको अवस्थामा स्थानीयहरुले काठ, जेसीबी र चालक सहित ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको थियो । जेसीबी चालक श्रवण कुमार साहले यसमा मेरो केही दोष नरहेको र मलाई वडा अध्यक्ष कामतीले नै काठ लोड गरेर लैजान भनेपछि लगिदै गरेको भने ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आवश्यक कारबाहीको लागि काठ, जेसीबी र चालक सहित डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएपछि जिल्ला अदालत सिंराहाबाट दोस्रो पटक म्याद थप गराई अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहानका प्रमुख डिएफओ सुभाषचन्द्र दासले बताए ।

मिर्चैया सव डिभिजन वन कार्यालयका प्रमुख सत्यनारायण यादवलाई अनुसन्धान अधिकृत भई खटाएको पनि प्रमुख दासले बताए । अनुसन्धान अधिकृत यादवको टोलीले स्थानीयहरुसंग स्थलगत मुचुल्का सोमबार स्थलगत अनुगमन गरेपनि स्थलगत मुचुल्का घटना स्थलमा नगरी अन्यत्र गराइएको स्थानियहरुले बताएका छन् । यसप्रति स्थानीयहरुलाई डिभिजन वन कार्यालय माथि नै शंका रहेको स्थानीयहरुको कथन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय