असोज १९ , काठमाडौँ :- सत्तारुढ गठबन्धनको घटक नेकपा माओवादी केन्द्रले पाउने मन्त्रालयहरूको टुंगो लागेको छ । हाल दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । सोमबार बेलुका बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफबाट मन्त्रालयहरुको मोटामोटी टुंगो लागेको माओवादीका एक नेताले रातोपाटीलाई बताए।
‘हामीले पाउने मन्त्रालयहरुको लगभग टुंगो लागेको छ,’ ती माओवादी नेताले भने, ‘शिक्षा र स्वास्थ्यमध्ये एउटा मन्त्रालय हामीले पाउने भएका छौं । त्यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमिसुधार मन्त्रालय पनि हाम्रो भागमा परेको छ । थप युवा तथा खेलकूद मन्त्रालय हामीले पाउने भएका छौं ।’