
असोज १८ , काठमाडौँ :– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको भन्दै परेको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदैछ ।
बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीले सुनुवाइ गर्ने भएका छन् ।
ललिता निवास प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएको थियो भनि रातोपाटि मा लेखिएको छ।
निवेदन बमोजिम सर्वोच्चबाट रिट जारी भएमा अख्तियारले ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल र भट्टराईमाथि अनुसन्धान गर्नुपर्नेछ ।