क्वालालम्पुर- वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत रहदा विभिन्न कारणबँस ज्यान गुमाएका १२ जना नेपाली श्रमिकहरुको शव र अस्तु नेपाल फर्काइएको छ।
आज मिति सन् २०२१/१०/०२ तारिख शनिबार बिहान ०५:३५ बजे मलेसिया क्वालालम्पुर केयलआईएदेखि नेपाल काठमाडौंसम्म भएको नेपाल एयरलाइन्स आर.ए. ४१६ को हवाई उडान मार्फत १२ जना नेपालीहरुको शव र अस्तु अन्त्यष्टिको लागी नेपाल फर्काइएको नेपाल एयरलाइन्स मलेसियाको आर्थिक प्रमुख (फाइनान्स म्यानेजर) ईन्द्र थापाले मलाया खबरलाई बताउनुभयो।
मलेसियामा विभिन्न कारणले मृत्यु भएका १२ जना नेपाली श्रमिकहरु मध्य क्रमशः ग्रामथान-४ मोरङ निवासी ओम नारायण माझी , स्वारना-८ गोरखा निवासी पुर्णबहादुर भट्ट क्षेत्री , देउमाई नगरपालिका-९ इलाम निवासी खाम्बा सिंह लाया मगर , जुनिचाधे-७ जाजरकोट निवासी खडग बहादुर शाही , घोराही-११ दाङ निवासी कमल ओली क्षेत्री, बुलिङ्टार-४ नवलपरासी निवासी केशर बहादुर राणा र पुष्कर निरौलाको गरि ७ जना श्रमिकहरुको मृत शव अन्तिम दाहसंस्कार गर्नको लागी नेपाल फर्काइएको मलेसिया स्थित नेपाली दूतावासले जानकारी दिनुभयो।
त्यस्तै कोरोना लगायत जटिल रोगले मृत्यु भएकोले सरकारी नियम अनुसार शव नेपाल फर्काउन नमिल्ने मृतकहरुको परिवारकै सहमतिमा यतै मलेसियामानै अन्त्यष्टि गरिएका श्रमिकहरु क्रमशः फाकुम्बा-८ ताप्लेजुङ निवासी बल बहादुर लिम्बु , फिदिम-९ पाँचथर निवासी मन कुमार तामाङ , ढक्नेश्वरी-७ ब्रम्हपुर सप्तरी निवासी रुद्र कान्त राय , गोरखा-११ निवासी दिल बहादुर आले मगर , डाँडाँखर्क-४ धादिङ निवासी हर्क बहादुर घले गरि पाँचजना श्रमिकहरुको अस्तु नेपाल फर्काइएको दूतावासले जानकारी दिनुभयो।