बिनोद निगम/नवलपरासी
पश्चिम नवलपरासीको भूमहीमा आइतबार ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ४ ख २८७७ नम्बरको ट्रकले सोही दिशा तर्फ गईरहेको प्र.३–०२–००८/४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएको जिल्ला प्रहरी कार्यालयले पश्चिम नवलपरासीले जानकारी दिएको छ ।
घाइते हुनेमा बुटवल तामनगर घर भई हाल चाईना स्टेट कम्पनीमा कार्यरत २७ वर्षीय सौरव सुवेदी रहेका छन् । उनको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।










