मलेसियामा कोरोना भाईरस संक्रमणको कारण गत सेप्टेम्बर- १५ तारिक सुरक्षागार्ड कम्पनीमा कार्यरत एक नेपालि कामदारको मृत्यु भएको थियो। करिब ५ बर्ष अघि रोजगारीका लागि मलेशिया आईपुगेका मान बहादुर लिम्बु धनकुटा नगरपालिका वडा नम्बर-७ निवासी हुन।
उनको कोभिड-१९ संक्रममीत भइ उपचारकै क्रममा जोहोरको सुल्ताना अमिन अस्पतालमा मृत्यु भएको थियो। लिम्बू मलेशियाको जोहोर बाहरु क्षेत्रको जालन ताम्पोई स्थित के फोर्स सेक्युरिटी सर्भिसेस एसडिएन. बिचडीमा कार्यरत थिए, भने १ बर्ष अघि बिदामा घर गई पुनः मलेशिया सोही कम्पनीमा फर्केका थिए।
प्राप्त जनाकारी अनुसार लिम्बुको दाहसंस्कार सनिवार मलेशियामै गरिएको छ, भने समचार श्रोतका अनुसार २ हप्ता भित्र उनको अस्तु कम्पनीले नेपाल परिवार लाई पठाई दिने जानकारी गराए।