एजेन्सी- दाँत पहेलो भएर तनावमा हुनुहुन्छ ?यदि हुनुहुन्छ भने अब दुई मिनेटमै घरेलु उपाय बाट चम्किलो बनाउनुहाेस्।यस्ताे छ तरिका  अहिलेको जनरेसनमा पहेलो दाँत हुनु सामान्य कुरा हो यो आजभाेली धेरै को समस्या पनि भईसकेकाे छ । आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ जुन यस प्रकार रहेकाे छ।

१) सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस। सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ ।

२) नीमको उपयोग धेरै पहिले देखि नै दाँतको सफाई गर्न प्रयोग गरिदै आएको छ । यसमा दाँत सेतो बनाउने र दाँतमा लाग्ने किराहरूलाई नष्ट गर्ने शक्ति रहेको छ । यो प्राकृतिक एंटी-बयाक्टीरियल र एंटी-सेप्टिक हो । दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दाँत सफा गर्ने गर्नाले दाँतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ।

३) केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् । यसको पेष्टले दाँतलाइ दिनहुँ एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दाँत ब्रश गर्नुहोस । यो उपाए दिनहुँ गर्नाले दाँतको पहेलोपन हटेर जान्छ । चुरोटको सेबन गर्ने गर्नाले पनि दाँत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दाँत पहेलो हुन्छ ।

४) तुलसीमा दाँतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ । यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दाँत सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ । तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दाँत को पहेलोपना हटेर चमक आउन थाल्छ।

५) एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहुँ कुल्ला गर्ने गर्नुहोस् । यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ ।

६) हाम्रो गाउँघर तिर नुन र तेल ले दाँत सफा गर्ने चलन अझै पनि छ। नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दाँत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ ।

७) खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ । गाजरमा रहेको रेसाहरुले दाँतलाइ राम्रो सँग सफा गर्न मद्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय