लहान- असोज १ गते- सप्तरी जिल्लाको कान्छो गाउँपालिका भनेर चिनिने बलानबिहुल गाउँपलिकाले नव निर्मित भवनका लागि ठूलो रकम खर्चेर कार्यपालिका भवन निर्माण गर्न लागेको छ ।

जनताको कामकाजलाई कदर गर्दै सहज बनाउनका लागि भवन निर्माण गरिएको पालिका अध्यक्ष दयान्नद गोइतले जानकारी बताए। नव निर्मित भवनको कुल लागत २ करोड ४८ लाख रहेको छ भने असार १५ गतेबाट ठेक्का लिएका अन्सुमान एण्ड एसोसिएसन प्रा. लि. , नाइरा जे. भी. कन्स्ट्रक्सन प्रा. लि. का संचालक अन्सुमान नाइरा जे. भी. माघ सम्ममा सम्पन्न हुने गरी काम गरिएको जानकारी प्राप्त भएको हो ।

गाउँपालिका अध्यक्ष दयान्नद गोइत र उपाध्यक्ष रुबी गुप्ता पालिकामा नमुना र गुणस्तरीय काम भएको बताएका छन। अहिले ४० प्रतिशतको घरमा स्वच्छ खानेपानी , वडाहरुमा आर सी सी ढलान , नमुना विद्यालय , अस्पताल , कृषि जस्ता हरेक पक्षमा सफलता पाइएको उपाध्यक्ष रूबी गुप्ताले आफ्नो बिचार प्रस्तुत गरेकीछिन ।

दुर्गम पालिकाबाट अहिले सुग्म पालिका बनाइ दिइएका छन।जस्तोकि शिक्षा , स्वास्थ्य , सडक , कृषि खानेपानी जस्ता मा विशेष पहल गरिएको बताउनु भएको छ।
पालिकाम जम्मा ६ वटा वडाहरु रहेका छन:-
वडा न.१ मलहनिया , २ चनही , ३ मोहा , ४ बेल्ही , ५ रामनगर , ६ रोढर गाउँहरु पर्दछन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय