सुरेश यादव,नवलपरासी/१-असाेज- आज पश्चिम नवलपरासीमा पहिलाे बिश्वकर्मा बाबाकाे मुर्ति तथा मन्दिर रामग्राम नगरपालिका वडा नं ४,९ बैरिहवा,सन्तपुरमा बिश्वकर्मा पुजाकाे अवसरमा उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल बढई समाज नवलपरासीको अगुवाइमा मन्दिर स्थापना गर्ने निर्णय भएकाे थियाे ।
साथै मन्दिरको शिलान्यास २०७५ असाेज १ गते गरिएकाे थियाे भने आज ३ वर्ष पछि मन्दिरको निर्माणकार्य सम्पन्न भई उक्त मन्दिरको उद्घाटन गरिएकाे हाे ।
रामग्राम नगरपालिकाे १००००००/- दस लाख तथा स्थानीयकाे सहयोगमा मुर्ति तथा जिल्लामै पहिलो बाबा बिश्वकर्माकाे मन्दिर स्थापना भएकाे छ ।
नेपाल बढई समाज नवलपरासीका अध्यक्ष जगदिश प्रसाद शर्मा काे अध्यक्षता तथा रामग्राम नगरपालिका का मेयर नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता एवम् पुर्व रक्षा राज्य मन्त्री रामवचन यादव , पुर्व शिक्षा राज्य मन्त्री गाेविन्द चाैधरी काे विशिष्ट आतिथ्यतामा मुर्ति स्थापना तथा मन्दिर उद्घाटन कार्यक्रम सम्पन्न हाे ।
कार्यक्रममा रामग्राम नगरपालिका वडा नं ४ का वडा अध्यक्ष मदन यादव , नेपाल बढई समाजका केन्द्रीय सदस्य रामधनी बढई , नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा ,जिल्ला सदस्य गाैरीशंकर जयसवाल , पत्रकार सुरेश यादव तथा नेपाल बढई समाज कपिलवस्तु जिल्ला अध्यक्ष प्रभु शर्मा लगाएतकाे उपस्थिति रहेकाे नेपाल बढई समाज नवलपरासीका पुर्व सचिव सञ्जय शर्माले जानकारी दिनुभएकाे हाे ।