काठमाण्डौ- जुम्लाको पातारासी गाउँपालिकामा २७ जना नेपाली कांग्रेस र एमालेका नेता कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । मंगलबार पटमारा गाउँमा आयोजित कार्यक्रम उक्त गाउँका नेता तथा कार्यकर्ताहरुले नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

सबैभन्दा बढी नेपाली कांग्रेस र एमालेबाट प्रवेश गरेका छन् । भने, केहीले अन्य पार्टीबाट प्रवेश गरेका हुन् । प्रवेशीहरुलाई माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्वागत गरेका थिए । प्रवेशीहरुले माओवादीको सिद्धान्त र विचारलाई आत्मसात् गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय