आज तिज आएको छ
गाउँमा चेली बेटीहरु आएका छन्
तर मेरो घर रित्तो को रित्तो छ
तेहि घरको फुस्रो माटोले लिपेको भित्तो मात्र छ
न घरमा हाँसो को गुञ्जन नै
भएको छ न त कुनै तिजको गीत नै
म तेहि घरको पिढीमा राखिएको
कुर्चीमा बसेर हेर्छु

मेरै घरको आगनको बाटो गाउँका चेलिब्रिटीहरु आउँछन्
कोही सामानको पोको समातेर आउँछन् कोही छोराछोरी च्यापेर आउँछन्म
सधै आशमा हुन्थे हाम्रो
घरमा नि ठूलो ढेप्चाी भरी
भात पाक्छ होला भने
अँह! तर सधै सानो
भड्डुमा नै भात हुन्थियो

तिज त त्यो घरमा मात्र आउँदो रहेछ
जुन घरमा चेलिबेटीहुन्छन्
हाम्रो घर त सधै सुन्ने को सुन्ने नै रहने रहेछ सधैं नै रित्तो को रित्तै
सधैं त्यही फुस्रो माटो ले लिपेको भित्तो मात्रै।।
-सुजन पौडेल

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय