काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रदेश १ का १४ वटै जिल्लामा सहइन्चार्ज र संयोजक तोकेको छ । माओवादी केन्द्र प्रदेश १ कमिटीको बैठकले मोरङको सहइञ्चार्जमा कुशल लिम्बु र संयोजकमा गणेश उप्रेतीलाई तोकेको छ ।

यस्तै पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहादुर जबेगुलाई संयोजकको जिम्मेवारी दिइएको छ । विजयप्रकाश बनेमले ताप्लेजुङको संयोजकको जिम्मेवारी पाएका छन् भने इलाममा हर्कबहादुर लावती र टीका घिमिरे सहइञ्चार्ज तोकिएका छन् । सोममाया राई जिल्ला संयोजक भएकी छन् ।

झलकसिंह दर्लामीलाई माओवादी केन्द्रले झापा जिल्लाको सहइन्चार्जको जिम्मेवारी दिएको छ भने संयोजकमा मनिकुमार राईलाई तोकेको छ । सुनसरीमा मुक्साहाङ मेन्याङबो र शिवकुमार डाँगी सहइन्चार्ज बनेका छन् भने योगेन्द्रप्रसाद मण्डल संयोजक बनेका छन् ।

यस्तै धनकुटामा सहइन्चार्जको जिम्मेवारी धनमाया विकलाई दिइएको छ भने ऋषिराम ढुंगानाले संयोजकको जिम्मेवारी पाएका छन् । संखुवासभामा रिपुप्रसाद राई, इन्दिरा मिश्र र थानप्रसाद अधिकारी सहइन्चार्ज बनेका छन् । संयोजकमा कृष्ण जीमी याक्खा बनेका छन् ।

दिलकुमार राईलाई भोजपुरको सहइन्चार्जको जिम्मेवारी र संयोजकको जिम्मेवारी नगेन्द्र भुजेललाई दिइएको छ । यस्तै खोटाङमा ध्रुव बुढाथोकीलाई सहइन्चार्ज र देवन चाम्लिङ राईलाई संयोजक बनाइएको छ । ओखलढुंगामा प्रदेशसभा सदस्यसमेत रहेका मोहनकुमार खड्का संयोजक बनेका छन् ।

उदयपुरमा भीमबहादुर अधिकारी, मोहनबहादुर खत्री र राजन किराँती सहइन्चार्ज बनेका छन् भने विनोद कटुवालले जिल्ला संयोजकको जिम्मेवारी पाएका छन् ।

माओवादी केन्द्रले विराटनगर महानगरपालिकाको सहइन्चार्जमा हेमबहादुर कार्कीलाई तोकेको छ । भोगेन्द्र यादवलाई संयोजक र नमिता न्यौपानेलाई सचिवको जिम्मेवारी दिने माओवादी केन्द्रले निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय