क्वालालम्पुर- मलेसियामा करिबकरिब ३ लाखको हाराहारीमा नेपाली श्रमिकहरु विभिन्न क्षेत्रमा कार्यरत रहेका छ्न। त्यसमध्य कतिपय वैधानिक रुपमै काम गरिरहेका छ्न , भने कतिपय अवैधानिक हैसियतमै काम गरिरहेको तथ्यांकले देखाउछ।
मलेसिया स्थित नेपाली दूतावासको द्धितिय सचिव तथा सुचना प्रमुख प्रतिक कार्कीले दिइएको जानकारी अनुसार हालसम्म कोरोना भाइरसको माहामारीले सिर्जना गरेको असहज परिस्थितिका कारण कोरोना भाइरस अवधीभर मलेसियाबाट वैधानिक र अवैधानिक दुवै क्षेत्रका ५९ हजार ६ सय ३२ जना नेपाली श्रमिकहरु स्वदेश फर्किसकेको छन्।
कोरोना माहामारीले आतंक मच्चाएदेखि र मलेसिया सरकारले पछिल्लो समयमा सुचारु गरेको घरफिर्ती कार्यक्रम मार्फत यहाँ वैधानिक कागजात नभएका , अवैधानिक हैसियतमा कार्यरत रहेका दूतावास मार्फत ट्राभल डकुमेन्ट बनाएर मलेसिया सरकारले तोकेको जरिवाना बापत्तको रकम तिरेर करिब ६ हजार नेपाली श्रमिक अहिलेसम्म स्वदेश फर्किसकेको कार्कीले जानकारी दिए।
अझैपनि यहाँ मलेसियामा कोहि नेपाली श्रमिक अवैधानिक हैसियतमा कार्यरत रहनुभएको छ भने डिसेम्बर भित्रमा घरफिर्ती कार्यक्रममा सहभागी भइ सुरक्षित साथ स्वदेश फर्किन द्धितिय सचिव कार्कीले मलेसियामा रहेका नेपालीहरु लाई अनुरोध गर्नुभएको छ।
मलेसिया सरकारले पछिल्लो समय अवैधानिक विदेशी श्रमिकहरु लाई स्वदेश फर्किन सहज होस भनेर केयलआईए विमानस्थलमै विशेष इमिग्रेशन कार्यालय संचाललनमा ल्याएको छ। स्वदेश फर्किन आवश्यक पर्ने सम्पुर्ण कागजातहरु तयारी गरी हवाई उडानको समय भन्दा ६,७ घन्टा अगाडिनै सिधैँ एयरपोर्ट पुगेर फिङ्गरिङ् गरि , जरिवाना तिरेर स्वदेश फर्किन मिल्ने व्यवस्था मलेसिया सरकारले गरेको छ।
मलेसिया सरकारले यहीँ बर्षको डिसेम्बर महिनाको अन्त्यसम्म अवैधानिक श्रमिकलाई लक्षित गरी स्वदेश फर्किन मिल्ने कार्यक्रम रिक्यालिब्रेसी पुलाङ् कार्यक्रम संचालनमा ल्याएको हो। त्यसैगरी अवैधानिक हैसियतमा रहेकाले रोजगारदाता कम्पनी रोजि वैधानिक बन्न पाउने ( रिहाईरिङ्ग ) कार्यक्रम मार्फत पुनः रोजगारीको बाटो खुल्ला गरेको छ।