क्वालालम्पुर- मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मलेशियामै ब्यावसाय गर्दै आएका एकजना नेपाली ब्यावसायीको मृत्यु भएको छ। १७ बर्षदेखि मलेसियाको पोर्ट केलाङ क्षेत्रमा बिन्ताङ् सेम्बिलान एसडिएण बिएचडी नामक कम्पनीसंग आबद्द रहि होटल ब्यावसाय संचालन गर्दै आईरहेका थिए।

मृतक स्थायी ठेगाना रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नम्बर ४ निवासी हुन। ४७ बर्षिय गणेश ज्ञवालीको कोरोना संक्रमणबाट मलेसियामै मृत्यु भएको हो। केहिदिन यता कोरोना बाट संक्रमित भइ केलाङकै एक सरकारी अस्पतालमा उपचारत रहेका थिए।

मृतक गणेश ०७४७६३९७ नम्बर राहदानी बाहक हुन।उनको उपचारकै क्रममा हिजो शुक्रवार मृत्यु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ। मृतक गणेशको परिवारमा आमा,बुवा,श्रिमति,छोराछोरी रहेका छ्न।

कोरोना संक्रमणबाट मृत्यु भएकोले शव नेपाल फर्काउन मिल्दैन। आवश्यक सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर मलेसियामै हिन्दू परम्परा अनुशार मृतकको अन्तिम दाहसंस्कार गरिने आफन्तले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय