अर्जुन लिम्बु
क्वालालम्पुर, भदौ-३
मलेसियामा कोभिड–१९ बिरुद्धको दुबै डोज खोप लगाएकाहरुले सरकारले तोकेको छुट पाउने भएका छन। करिब ३ महिना अघि देखि निरन्तर चलेको लकडाउन(एमसिओ) शुक्रबार देखि खुकुलो पार्ने निर्णय सङै मापदण्ड सहितको छुट दिने निर्णय गरेको हो।
कोभिड-१९ को दुबै खोप लगाएकाहरुले अब रेष्टुरेन्टमा बसेर खाना पाउने छन। भने बजारमा किनमेल गर्न पनि पाइनेछ । मलेसियामा बयष्कहरुमध्येमा ५० प्रतिशतले दुबै खोप लगाएकोले यो सुबिधा थपिएको हो । अगस्ट ३१ तारिखसम्म लक्ष्य निर्धारण गरेको भएता पनि सोचेको समयभन्दा चाडै कार्यसम्पन्न भएकोले सरकारले नयाँ कार्यक्रम ल्याएको हो ।
सरकारले फेज १, फेज २, फेज ३, फेज ४ गरि चार वटा सुधार योजना ल्याइएकोमा दुबै खोप लगाउने जो सुकैले जुनसुकै फेजमा भएता पनि बाहिर हिडडुल गर्ने, रेष्टुरेन्टमा बसेर खाना खान पाउनेछन् निर्णय गरेको छ। साथै खेलकुद साइक्लिङ्ग, दौड, ब्याडमिन्टन, टेबलटेनिस लगायतका खेलकुदहरु पनि सञ्चालन हुने भएको छ ।
मलेसिया सरकारले कोभिड-१९ को कारणले देशमा नागरिकहरुलाई सकेसम्म सुरक्षित राख्न निरन्तर लकडाउन गरेको जनाएको छ । मलेसियामा हाल दैनिक झन्डै ५ लाख नागरिकहरुले खोप लगाईरहेका छन् । जुन बिश्वमै उत्कृष्ट मध्येमा एक हो ।मलेसियामा बस्ने विदेशि नागकिरहरुले पनि बिना विभेद खोप पाउने भएकोले सरकारले बारम्बार सबैले खोप लगाउन अनुरोध समेत गरिरहेको छ ।
अबैधानिक हैसियतमा रहेका नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् । खोप प्राप्त गर्न पासपोर्ट वा मलेसिया सरकारले जारी गरेको प्रमाण वा पासपोर्टको फोटोकपी हुनुपर्ने छ।