माया बस्याल , भदौ ३ ।
समुदाय स्तरमा काेभिड सङ्क्रमण बढे सँगैे सुहारा नेपालकाे अायाेजना तथा माथागढी गाउँपालिका वडा नम्बर १ चिदीपानी स्वास्थचाैकीकाे समन्वयमा समुदाय स्तरीय निगरानी समिति गठन कार्यक्रम चिदीपानीकाे बनकट्टा टाेलमा गरिएको छ।

जगन्नाथ शर्मा काफ्ले संयाेजक हुने गरि ५ जना कार्यसमिति गठन गरिएको छ । साथै कार्यक्रमकै अवसरमा संयाेजक शर्मा ले यदि समुह सदस्यहरु घरधुरी जादा कसैलाई लक्षण देखिएमा तुरुन्तै जानकारी गराउनुहुन अाग्रह समेत गर्नु भएको थियोे ।

कार्यक्रममा स्वास्थ्यचाैकी इन्चार्ज ध्रुव सुनारले प्रशिक्षण गर्दै काेभिड सङ्क्रमण भए पछि देखिने समस्या तथा समाधानका लागि गरिने प्राथमिक उपचार तथा राेगबाट बच्ने उपाएका बारेमा जानकारी गराउनु भएको थियो । भने त्यस्तो लक्षण देखिएमा छिटोभन्दा छिटो स्वास्थ्यकर्मी तथा समूह संयाेजकलाई जानकारी गराउन समेत अाग्रह गर्नु भएको थियो । साथै काेभिड सम्बन्धि लक्षण कसैलाई देखिएमा तुरुन्तै सम्बन्धित क्षेत्रमा जानकारी गराउनुहुन समेत गर्नु भएको छ ।

साथै समुदायमा काेराेना संङ्क्रमण बढे सँगै मानवीय लापरबाहीले गर्दा धेरैमा काेराेना पुष्टि हुन सक्ने सम्भावना भएको कारण सबैलाई सर्न सक्ने उच्च जाेखिमलाई मध्येनजर गर्दै अाफ्नाे वडा भित्रका टाेलमा भएको याे निगरानी समितिलाई अाफूले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै विगतको महामारीको बेला सचेत हुदाँहुदै पनि बैशाखकाे महिनामा अाफ्नाे वडा भित्रका धेरै नागरिकलेमा काेराेना सङ्क्रमणका कारण धेरै समस्या झेल्नुपरेको समस्या ताजै रहेको साथै त्यसै टाेलमा अाज मात्रै पनि एन्टिजेन परिक्षण ३६ जनाको गरिएको मा ३ जनामा पाेजेटिभ देखिएको कारण सबैलाई सचेत रहन साथै केही समस्या देखिएमा सबै समुदायका व्यक्तिले स्वास्थ्यकर्मी , स्वास्थ्यचाैकी , वडा कार्यालय वा सम्बन्धित क्षेत्रमा जानकारी गराउनुहुन अनुरोध समेत गर्नु भएको थियो ।

साथै यस्तो समाज बचाउने कार्यक्रम अभियान ल्याउने सुअाहारा नेपाल संस्थालाई समेत बिशेष धन्यवाद दिनु भएको छ ।
कार्यक्रमका अवसरमा माथागढी गाउँपालिका मनापरामर्श कर्ता माया बस्यालले समुदायका सबै नागरिकलाई ससम्मान पूर्वक बाच्ने अधिकार भएको कारण सबैको अात्मबल बढाउने खालका कुराहरू गर्ने समिति सदस्यका निगरानीमा भएका घरधुरीमा दिनहुँ जानू पर्ने जादा सबैलाई उच्च मनाेबल गराउने खालका विषयमा छलफल गर्दै सल्लाह दिनुपर्ने अाग्रह समेत गर्नु भएको थियोे ।

साथै सुहारा कार्यक्रमका काेडिनेटर मनिषा भट्टराईले समितिमा हुनुहुने समिति सदस्यले समुदायका प्रभावित क्षेत्रका घरधुरीमा वा काेराेना लक्षण देखिएका घरधुरीमा दिनकाे एकपटक १४ दिन सम्म पुग्नु पर्ने साथै सबै नागरिककाे स्वास्थ्य अवस्था बुझ्नु पर्ने र स्वास्थ्यचाैकीमा जानकारी गराउनु पर्ने कुरा बताउनु भएको थियो । साथै समस्या परेमा फाेनबाट समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय