क्वालालम्पुर- मलेसियामा एक नेपालीले आत्महत्या गरेका छन । गोर्खा स्थायिबासी मलेसियामा कार्यरत ३२ बर्षिय अमर गुरुङले आफनै कोठामा आत्महत्या गरेका हुन ।

करीव दश वर्ष देखि मलेसियाको एक रेष्टुरेण्टमा काम गर्दे आईरहेका गुरुङ एक वर्ष अगाडि देखि अवैधानिक भएका थिए ।

भिसा नवीकरण नहुने अवस्था भएको कारण उनी अवैधानिक वन्न पुगेका हुन। घर फर्कनको लागि वारम्वार प्रयास गरिरहेको भएपनि कम्पनी मालिकले पैसा नदिएको कारण उनी घर फर्कन नसकेको मलेसियामै रहेका आफन्त सन्दिप गुरुङले जानकारी दिए ।

पटक पटकको प्रयास पछि नेपाली राजदुतावासको पहलमा केहि रकम प्राप्त भएपनि कम्पनीले अमरको पैसा अझै दिन वाकि रहेको छ, यदि कम्पनीले पैसा दिएको भए उहाँ पहिल्यै घर गई सक्नुहुन्थ्यो आज यो अवस्था आउने थिएन,उनि सँग रहेका साथिले बताए।

श्रोतका अनुसार मलेसियामा उनले काम गर्ने रेष्टुरेण्ट वन्द भएपछि पछिल्लो समय अमरले चौगेटमा सेक्युरिटि काम गर्न थालेका थिए । सेक्युरिटि गरेको अवस्थामा पनि उनी पहिलेकै कम्पनी होस्टलमा वस्दै आएका थिए ।

अमरको परिवारमा वुवा, आमा र श्रीमती एक छोरी रहेका छन । पछिल्लो एक हप्ता अगाडिदेखि अमरमा कोरानो पोजेटिभ देखिएको थियो साथीहरुसंग सल्लाह गरेर अमरले चौकेटमै कोठा लिएर बस्दै आएका थिए ।

शनिबार राती देखि फोन नभएपछि आज आईतवार विहान कोठामा गएर हेर्दा मृत अवस्थामा फेला परेको हो।

कोठामा सानो डोरीले घाटिमा पासो लगाएर आमहत्या गरेको जस्तो देखिएको भएपनि शरिर भने भुईमा वसेको जस्तो देखिएको सन्दिपले बताए। शवलाई पोसमार्टमको लागि क्वालालम्पुर अस्पतालमा लगिएको छ ।

नाता प्रमाणिकरण पछी अन्तिम सस्कार मलेशियामै गर्ने वा नेपाल पठाउने भन्ने बारे यो समाचार तयार पार्दा सम्म केही जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय