लेटाङ्ग- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीले फागुन १ गते २७ औं जनयुद्ध दिवसको अवसरमा दिपप्रज्वलन तथा सुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।
लेटाङ बिपि चौकमा दिपप्रज्वलन सहित कोण सभा कार्यक्रम गर्ने भएको सचिब भवानी लिम्बुले जानकारी दिनुभयो । जनयुद्धकै बलमा देशमा आमूल परिवर्तन भएको जगजाहेर छ ।
सो अवसरमा सबै पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनयुद्ध दिवसको कार्यक्रममा सरिक बन्न नगरसमितिले आब्हान समेत गरेको छ ।









