लेटाङ । मोरङको लेटाङ नगरपालिकामा खोरेत रोग विरुद्धको निःशुल्क खोप अभियान विहीबारदेखि सुरु भएको छ । नगर तथा प्रदेश सरकारको सहकार्यमा आज असोज १५ गतेदेखि सुरु भएको खोरेत रोग विरुद्धको निःशुल्क खोप अभियान कात्र्तिक १५ गतेसम्म सञ्चालन हुनेछ ।
बिहीबार लेटाङ नगरपालिका वडा नम्बर २ स्थित मिलिजुली कृषि फर्मका गाईवस्तुलाई खोप लगाउँदै अभियानको सुभारम्भ गरिएको हो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका फोकल पर्सन सहितको उपस्थितिमा लेटाङ नगरपालिकाका पशु चिकित्सक, पशुप्राविधिक र तालिम प्राप्त भ्याक्सिनेटरहरुले गाईभैँसीमा खोप लगाएका हुन् ।
बिहीबार वडा नम्बर २ बाट सुरु भएको खोप अभियान शुक्रबारदेखि भने वडा–वडामा सञ्चालन हुने छ । नगरपालिकाकी पशुचिकित्सक डाक्टर जेनी लावतीका अनुशार कृषकहरुले आ–आफ्ना वडामा तोकिएका पशुप्राविधिकहरुलाई सम्पर्क गरि आफ्ना गाईभैँसीलाई खोरेत विरुद्धको खोप निःशुल्क रुपमा लगाउन सक्नेछन् ।
खोरेत रोग विरुद्धको खोप वर्षमा २ पटक सञ्चालन हुने र हाल प्रथम चारणको खोप अभियान सुरु गरिएकोमा आगामी बैशाखमा पुनः दोश्रो चरणको अभियान सञ्चालन गरिने डाक्टर लावतीले जानकारी दिनुभयो ।
वडा अनुसारका सम्पर्क व्यक्तिहरूः
वडा नं. १, २ र ३ का लागि उज्ज्वल मगर र असिम खतिवडा (९७०४३६२६३०, ९७०७३६०३२४)
वडा नं. ४ र ७ का लागि रिजी लिम्बु (९८६२१४४८५९)
वडा नं. ५ र ६ का लागि आकांक्षा देवान (९८१६३१९६७५)
वडा नं. ८ र ९ का लागि लेखनाथ भट्टराई (९८४२२४३७४०)
थप जानकारीका लागि नगर पशु अस्पतालको सम्पर्क नम्बर ९७६८६८६९५२ वा ९७६८६८६९५३ मा सम्पर्क गर्न सकिनेछ ।











