क्वालालम्पुर- नेपाल तामाङ घेदुङ प्रवास शाखा क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा मंगल दोङ तामाङ सहित २१ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छन।
गैर आवासिय नेपाली संघ क्षेत्रीय कार्यसमिति जोहोर मलेसियाको सभाहलमा सम्पन्न अधिवेशनमा मंगल दोङ तामाङको सभाध्यक्षता र गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष राकेश प्रसाद महत्त्वको प्रमुख आतिथ्य र घेदुङ मलेसियाको अध्यक्ष बिक्रम वाईबा तामाङ्को बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।
यसैगरी कार्यक्रममा घेदुङ मलेसियाका पदाधिकारी लगायत दर्जनौं अतिथिगणको उपस्थितिमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिको महत्वले गैर आवासीय संघ मलेसिया सबै संघ संस्था सँग एक आपासमा समन्वय गरेर सामाजिक कार्य श्रमिकको समस्या समाधान गर्न तयार रहेको बताए । त्यस्तै मलेसियाको गैर आवासीय संघमा केही बिवाद देखिए पनि कुनै विवाद नभएको गैर आवासीय नेपाली संघ मलेसिया सबैको साझा घर भएकोले अनावश्यक हल्लाको पछि नलाग्न र गैर आवासीय नेपाली संघको अधिवेशन नजिकिदै आएकोले पञ्जिकृत सदस्य बन्न पनि अनुरोध गरेका छन।
अधिवेशनबाट तपशिल अनुसार कार्यसमिति चयन भएका छन।
अध्यक्ष : मंगल दोङ तामाङ
उपाध्यक्ष : खेम राज बोम्जन तामाङ
महिला उपाध्यक्ष : मनिषा स्याङ्तान
सचिव : मान कुमार थिङ तामाङ
महिला सचिव : सोफिया पाख्रीन तामाङ
सहसचिव : प्रेम दोङ तामाङ
कोषाध्यक्ष : शुलिल लोप्चन तामाङ
सह कोषाध्यक्षअध्यक्ष: अशिम तामाङ
सदस्यहरु:-
बिकास लोप्चन तामाङ
उश्ना माया बल तामाङ
सोनाम घलान तामाङ
चिनी माया घलान तामाङ
देवान योञ्जन तामाङ
भोज तामाङ
मिनु दोङ तामाङ
विशाल जिम्बा तामाङ
बिजय तामाङ
सञ्जय स्याङ्तान तामाङ
जित बहादुर मोक्तान तामाङ
सरस्वती कुमार तामाङ










