काठमाण्डौं – नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको नाममा हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।

युवा संघले आयोजना गर्ने केपी ओली कपको ट्रफि मंगलबार ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सार्वजनिक गरिएको हो ।

उक्त ट्रफी एन्फाका पदाधिकारी र युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । ट्रफि सँगै आज प्रतियोगिताको आधिकारीक गीत पनि सार्वजनिक गरिएको छ ।

फागुन ११ गतेबाट हुने प्रतियोगिता उद्घाटन खेलमा सातदोबाटो क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उद्घाटन खेल फागुन ११ गते सातदोबाटोस्थित एन्फा कम्पलेक्समा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ । प्रतियोगिताका फाइनल बाहेक सबै खेल एन्फा क्म्पलेकसमा नै हुनेछन् । फाइनल खेल भने दशरथ रंगशालामा आयोजना हुने भएको छ ।

प्रतियोगिता फागुन  ११ गतेदेखि  १७ गतेसम्म हुनेछ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय