काठमाडौं । सरकार गठनसँगै सत्ता नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)भित्र मन्त्री बन्नेको हानथाप सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वयम् प्रधानमन्त्री र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक योजना तथा निर्माणमन्त्री बनेसँगै अन्यबीच मन्त्री बन्न हानथाप सुरु भएको हो ।

अहिले एमाले महासचिव शंकर पोखरेललाई हराएर चर्चामा रहेकी तथा पूर्वमन्त्री रेखा शर्माको नाम सबैभन्दा बढी चर्चामा छ । माओवादी केन्द्रका एक नेताले बताएअनुसार रेखा शर्माको नाम मन्त्रीको लिस्टमा सबैभन्दा अगाडि छ ।

त्यसैगरी, सुदन किराँती र अमनलाल मोदीको नाम पनि मन्त्री बन्नेको लिस्टमा छ । दुई पटक प्रत्यक्षबाट सांसद भइसकेका नुवाकोटका नेता हितबहादुर तामाङको नाम पनि मन्त्री बन्नेको लिस्टमा परेको छ ।

माओवादी नेता शक्ति बस्नेत र देवेन्द्र पौडेलको नाम पनि यसपटक पनि मन्त्री बन्नेको चर्चामा छ । तर, ती नेताले बताएअनुसार बस्नेत र पौडेलको सम्भावना भने केही झिनो रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय