https://www.wklaw.com/slot-dana/ https://slot777.crispmultimedia.in/

एजेन्सी
क्लालम्पुर, ५ मंसिर

मलेसियाको निर्वाचनपछि त्रिशंकु संसद खडा भएको छ । विपक्षी नेता अनवर इब्राहिमले सबैभन्दा बढी सिट जितेका छन् । तर, उनको पाकाटन हारापान गठबन्धनले बहुमत ल्याउन सकेन । इस्माइल साबरी याकोबको नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले अहिलेसम्मकै सबैभन्दा नराम्रो चुनावी पराजय भोगेको छ, जसमा १७८ सिटमा मात्रै ३० सिट जितेको छ ।

दिग्गज राजनीतिज्ञ महाथिर मोहम्मदले नराम्रो पराजय चाखेका छन् । महाथिरले ५३ वर्षमा पहिलो हार बेहोरेका हुन् ।

९७ वर्षीय महाथिरले दशकौंसम्म मलेसियाको राजनीतिमा प्रभुत्व जमाउँदै आएका थिए । उनी पहिलो पटक १९८१ देखि २००३ सम्म देशको प्रधानमन्त्री भएका थिए ।  उनलाई सन् १९८० को दशकदेखि देशको द्रुत आर्थिक परिवर्तनको श्रेय दिइयो ।

देश अहिले राजनीतिक रूपमा अस्थिर छ । सन् २०१८ को निर्वाचनपछि  देशमा तीन पटक प्रधानमन्त्री बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय